Skip to main content

खेल

विज्ञराज पन्त

कक्षा : पाँच (भेरी)

खेल खेल्दा हुन्छ ज्यादै रमाइलो
यसको लागि दिन हुनुपर्छ घमाइलो ।
खेलले बनाउँछ हामीलाई तन्दुरुस्त
यसले बनाउँछ हामीलाई स्वस्थ ।

खेलले बलियो बन्छ शरीर हाम्रो
मलाई लाग्छ खेल खेल्न सधैँ राम्रो ।
खेल खेल्दा हुन्छु म धेरै खुसी
यसले बनाउँछ मनलाई सधैँ सुखी ।

खेलमा हुन्छ ज्यादै नै मजा
गल्ती गर्दा पाइन्छ नि सजा ।
खेलमा जरुरी छ अनुशासन
खेल खेल्न चाहिन्छ ठुलो आँगन ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children