Skip to main content

आमा

अदानी कर्माचार्य सुवाल

कक्षा : पाँच (सेती)

आरोही, आमा र बुबाको एउटा सानो तर सुखी परिवार थियो । उनीहरुको सहरमा एउटा सानो तर राम्रो घर थियो । उनीहरु एकदमै खुसी थिए । एक्ली छोरी आरोही आमा र बुबाको स्नेहको छायामा हुर्किरहेकी थिई । पाँच कक्षामा पढ्ने आरोही पढ्नमा पनि अब्बल थिई । उसका बुबा दिनभरि काम गर्न अफिस जानुहुन्थ्यो भने आमा घर समाल्नुहुन्थ्यो ।

दिनहरु यसरी नै बित्दै थिए । एक रात अचानक आरोहीको आमालाई साह्रै पेट दुख्यो । केही गर्दा पनि कम भएन । बिहान हुने बित्तिक्कै बुबा र उ भएर आमालाई अस्पताल लिएर गए । डाक्टरले सबै जाँच गर्नुपर्छ भने ।

केही दिनमा जाँचको रिर्पोट आयो तर रिर्पोटमा आमालाई क्यान्सर भएको देखियो । बुबाले सक्दो उपचार गर्नुभयो तापनि आरोहीको आमालाई बचाउन सक्नुभएन । आरोही र उसको बुबाको जीवनमा दुःखको बादल छायो । आरोही आमा सम्झँदै एक्लै कोठामा बसेर रोइरहन्थी ।

केही समयपछि आरोहीलाई हेर्न र घर समाल्नको लागि बुबाले अर्को विवाह गरे । आरोहीलाई अर्की आमा घरमा आएको पटक्कै मन परेन । उसले अर्की आमालाई स्वीकार्न पनि सकिनँ किनभने उसले सौतेनी आमाले आफ्नो आमाले जस्तै माया गर्दैनन्, गाली गर्छन्, पिट्छन् भन्ने जस्ता कुराहरु विभिन्न सिनेमा तथा पल्लव (कथा सङ्ग्रह) छ कथाहरुबाट बुझेकी थिई । त्यसैले आरोहीले अर्की आमासँग कहिले पनि राम्रोसँग कुरा गरिन । उसको बुबाले पनि कति सम्झाए तर आरोहीले भने पटकै मानिन ।

दिन बित्दै गयो तर आरोहीको बानी व्यवहारमा झन् झन् परिवर्तन आउन थाल्यो । ऊ एक्लै बस्न मन पर्ने र कसैसँग नबोल्ने भई । बिस्तारै बिस्तारै बिद्यालय जान पनि मन नगर्ने हुन थाली । यस्तो बानी देखेर उसको बुबालाई धेरै नै चिन्ता भयो । आरोही विद्यालय जाँदा पनि कसैसँग बोल्दिनथी, गृहकार्य पनि पूरा गरेर लग्दिनथी ।

एकदिन विद्यालयबाट आरोहीको बुबालाई भेट्नको लागि खबर आयो । शिक्षकले उसको बानीव्यवहारमा आएको परिवर्तन र उसको पढाइको अवस्थाको बारेमा छलफल गर्नुभयो । उहाँले आरोही पहिले जस्तो पटक्कै छैन भन्नुभयो । यस्तै भैरहयो भने उसको मानसिक स्वास्थ्य र पढाइको अवस्था बिग्रने कुरा शिक्षकले बताउनुभयो । समयमा नै बिचार गर्नुहोला मलाई आरोहीको धेरै माया लागेर तपाईलाई यत्ति भन्न बोलाएको भनेर शिक्षिकाले भन्नुभयो ।

विद्यालयबाट फर्केपछि आरोहीको बुबालाई अब के गर्दा छोरी पहिले जस्तो हुन्छे भन्ने कुराले सताउन थाल्यो । छोरीको खुसीको लागि हर सम्भव कोसिस गर्नुभयो । कहिले कता घुमाउन लग्ने त कहिले कता । यदि घरमा एउटा सानो घर पालुवा जनावर ल्याइदियो भने अझ आरोहीलाई मन भुलाउने साथी हुन्छ कि ? भनेर सानो कुकुरको छाउरो ल्याइदिनुभयो । त्यो कुकुरसँग खेल्दा, चल्दा आरोहीको अनुहारमा अलिकति खुसी झल्किन्थ्यो तर सौतेनी आमा अगाडि आयो कि उसलाई मन नपर्ने अनि रिसाई हाल्ने गर्थी । यसरी नै दिनहरु बितिरहे ।

एक दिन आरोहीलाई सन्चो भएन तर पनि उसले आफ्नो नयाँ आमालाई केही भनिन । ऊ झन् झन् कमजोर हुँदै गई । ज्वरोले ऊ ज्यादै गलिसकेकी थिई । ऊ आफ्नो कोठाबाट पनि बाहिर निस्कन सकिन । यो देखेर उसकी नयाँ आमालाई एकदम डर लाग्यो किन भने त्यतिबेला आरोहीको बुबा सहरमा थिएनन् । काम विशेषले गर्दा अर्को सहरमा जानुभएको थियो । घरमा आरोही र नयाँ आमा बाहेक कोही थिएनन् ।

आमाले जति हेरचाह गरेपनि आरोहीले कहिले पनि पूजालाई आमाको रुपमा हेरिन । तैपनि पूजाले सधैँ नै आरोहीलाई माया नै पल्लव (कथा सङ्ग्रह) ठ गर्थिन् । एकदिन आरोही कोठाबाट बाहिर नै आइन त्यो देखेर आमा कोठामै गइन् । उनले आरोहीको कमजोर अवस्था देखेर के भएको तिमीलाई भनेर सोधिन् तर आरोहीले केही जवाफ नै दिइन । पूजाले हातले निधारमा छुन खोज्दा पनि आरोहीले हातलाई जोरले हटाइदिई । तर पनि पूजाले हार मानिन । आरोहीले जति अपमान गरे पनि उनको हेरविचार गर्न छोडिनन् । आरोहीलाई जबरजस्ती अस्पताल लगिन् र त्यहाँ आरोहीले औषधी उपचार राम्रोसँग पाई र ऊ ठिक हुन थाली ।

आरोही अस्पतालबाट घर आउने दिन डाक्टरले आरोहीलाई तिमी एकदमै भाग्यमानी रहेछौ नानु, तिमीलाई तिम्री आमाले समयमा अस्पताल ल्याएर तिम्रो जिन्दगी बचाउनुभयो, तिम्री आमाले तिमीलाई धेरै नै माया गर्नु हुँदोरहेछ भन्नुभयो । त्यतिबेला आरोहीले सबै सौतेनी आमा नराम्रा हुँदैनन् भनेर बुझी ।

आरोहीले आँखाभरि आँशु राखेर आपूmले गरेको सबै गल्तीको माफी मागी र भनी, “आज देखि हजुर नै मेरी आमा” यति भनेपछि पूजाले पनि तिमी नै मेरी प्यारी भनेर अङ्गालो हालिन् । केही दिनपछि आरोहीको बुबा पनि घर फर्कनुभयो र छोरीले पूजालाई आमाको रुपमा स्वीकार गरेको देखेर खुसी हुनुभयो त्यसपछि पहिले जस्तै त्यो परिवार फेरि खुसी र सुखी भयो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children