एउटा सानो गाँउमा नानी नामकी सानी केटी थिई । ऊ
गाउँकै सबैभन्दा चञ्चले र जिज्ञासु बच्चा थिई । ऊ आफ्नो बुबा र
आमासँगै बस्थी । नानीको घरको आँगनमा ठूलो रुख थियो । नानीले
आफ्नो आँगनमा त्यौ ठूलो रुखलाई हल्लाइरहन्थी । एकदिन, नानीले
आँगनको ठूलो रुखमा सुकेका पातहरु झरिरहेको देखी र नयाँ
पातहरु पलाइरहेका देखी । बिस्तारै रुखमा फलेका दाना लाग्न थाले
पनि फलहरु लटरम्म फले । त्यो देखेर नानीलाई अचम्म लाग्यो ।
उसको मनमा अनेक विचारहरु आए ।
नानीलाई रुखसँग साथी बन्न मन लाग्यो । ऊ दैनिक
बिहान छिटै उठेर आफ्नो आँगनमा जान्थी । त्यहाँ गएर भुइँमा झरेका
पातहरु बटुल्थी र फलहरु टिप्थी । नानी सधैँ रुखनजिक आएर
बसेको देखेर अचानक रुखले नानीसँग कुरा गर्न थाल्यो । उनीहरु
साथी बने । नानीले रुखलाई साथी, तिमीलाई पानी, मल के चाहिन्छ
मलाई भन, म तुरुन्तै ल्याइदिन्छु भन्थी । नानी सधैँ फुर्सदमा रुख
नजिकै गएर बस्थी ।
दिनहरु बित्दै गए, सालहरु बिते । नानी ठूली हुँदै गई ।
रुख पनि अझ ठूलो भयो । ’एक दिन, गाउँमा ठूलो हावाहुरी
आयो । गाउँका धेरै रुखहरु ढले तर नानीको रुख जस्ताको त्यस्तै
उभिएको थियो । नानीले त्यस दिन रुख साँचो मित्र भएको महसुस
गरी । समय बित्दै गयो । नानीलाई अब आफ्नो पढाइ पूरा गर्न
पल्लव (कथा सङ्ग्रह) ढ
सहरतिर जानुपर्ने भयो । ऊ केही वर्षसम्म गाँउ फर्किन । समय–
समयमा आफ्नो बुवा र आमालाई फोन गरेर रुखको बारेमा सोधी
रहन्थी । रुखले आफ्नो साथीलाई कहिल्यै बिर्सेन ।
हरेक वर्ष, जब नानीको जन्मदिन आउँथ्यो, रुखले आफ्नो
फलहरु र पातहरु सुकाएर नानीको प्रतीक्षा गर्दथ्यो । नानीलाई
नदेखेर रुख दुखी हुन्थ्यो । बुवा र आमाले रुखलाई माया गरेर मल
र जल त हाल्नुहुन्थ्यो तर नानीको जस्तो माया रुखले पाउँथेन ।
केही वर्षपछि, नानी आफ्नो गाउँ फर्की ।
गाउँमा पुग्दा, उसले आफ्नो बुवा र आमाको आशीर्वाद
लिएर सिधै रुख भएको ठाउँमा पुगी । रुख दुःखी भएर उभिरहेको
थियो । त्यो देख्दा नानीलाई सारै नरमाइलो लाग्यो । नानीले रुखलाई
अङ्गालो हाली । उसले भनी, “रुख साथी, म घर फर्किएँ । रुखल पात हल्लाएर स्वागत गर्यो, मानौँ उसले पनि आफ्नो साथीलाई
स्वागत गरिरहेको थियो । नानीले जीवनभर त्यस रुखको हेरचाह
गरी । रुखले पनि नानीलाई सधैं आश्रय दियो । नानी र रुखको
यस्तो मेलमिलाप देखेर गाउँले र परिवारहरु खुसी भए ।