उज्यालो भविष्य

अभिराज थापा
धेरै वर्ष अघि नागपूर भन्ने गाउँमा रामु नाम गरेको एक किसान बस्थ्यो । रामु एकदमै इमान्दार र मेहनती मानिस थियो तर उसको जीवनमा धेरै कठिनाइहरु आइपरेका थिए । त्यस गाउँमा खेती गर्नको लागि उपयुक्त भूमि र पानीको स्रोतको सधैँ समस्या थियो । यो समस्याले रामुको जीवनलाई कठिन बनाइरहेको थियो । गाह्रो परिस्थितिका बाबजुत पनि रामु आफूलाई थकित महसुस नगरी आफ्नो खेतमा काम गथ्र्यो । प्रत्येक वर्ष उब्जनी राम्रो नहुने हुँदा उसका लागि आफ्नो परिवारको पालनपोषण गर्न पनि निकै कठिन भएको थियो ।
गाउँमा किसानहरुको जीवन यस्तै सङ्कटपूर्ण थियो । पानीको अभाव र उपयुक्त ठाउँको अभावले गर्दा कम उत्पादन हुन्थ्यो । यी समस्याहरुका कारण वृmषकहरुको जीवन निरन्तर सङ्घर्षमा चलिरहेको थियो । तर रामुले कहिल्यै हार मानेन । आफ्नो काममा दिनरात नभनी लागिरह्यो । एकदिन उसले आफ्नो छिमेकी हरिको घरमा केही अनौठो परिवर्तन देख्यो । हरिले आफ्नो खेतीको अलावा अर्को व्यापार पनि शुरु गरेको थियो र त्यसबाट राम्रो आम्दानी गर्दै थियो ।
यो देखेर रामु निकै जिज्ञासु भयो र हरिसँग कुरा गर्न गयो । हरि रामुभन्दा केही वर्ष मात्र कान्छो थियो । उसले रामुलाई भन्यो, “हेर रामु तिमीले खेतीमा मात्रै निर्भर हुनु हुँदैन अरु व्यापारिक अवसरहरुको पनि खोजी गर्नुपर्छ ।“
हरिका यी शब्दहरुले रामुको मस्तिष्कमा नयाँ विचार पलाउन थाल्यो । उसले थाहा पायो कि यदि उसले आफ्नो सीमित स्रोतहरु र समयको सदुपयोग गर्न सक्यो भने आफ्नो जीवनमा केही सुधार ल्याउन सक्छ ।
रामुले सोच्यो कि अब उसले खेती बाहेक अरु व्यापारिक विकल्पहरुको बारेमा सोच्नुपर्छ । उसले थुप्रै व्यापारका नयाँ नयाँ योजनाहरु बनायो । उनले विशेष गरी तरकारी र फलफूलको व्यापारमा आफ्नो ध्यान केन्द्रित गर्न थाल्यो । सबैभन्दा पहिले उसले गाउँका अन्य किसानसँग मिलेर तरकारी र फलफूलको बिरुवा ल्यायो र बोटविरुवा रोप्न थाल्यो । सुरुमा उसको प्रयासलाई गाउँका अन्य किसानहरुले त्यति महत्व दिएनन् ।
सुरुआतमा निकै कठिनाइहरुको सामना गर्नुपरे पनि रामुले आफ्नो व्यापारलाई विस्तार गर्दै जान थाल्यो । त्यसले गर्दा गाउँका मानिसहरुले उसका उत्पादनको बारेमा थाहा पाउन थाले । रामुले बजारमा गएर ग्राहकसँग सिधै कुराकानी गरी मूल्य सस्तो राखेर आफ्नो सामान बेच्न थाल्यो । यसरी रामुको परिश्रम र इमान्दारीका कारण ग्राहकहरुले उसको सामानमा चासो लिन थाले ।
सुरुआतमा निकै कठिनाइहरुको सामना गर्नुपरे पनि रामुले आफ्नो व्यापारलाई विस्तार गर्दै जान थाल्यो । त्यसले गर्दा गाउँका मानिसहरुले उसका उत्पादनको बारेमा थाहा पाउन थाले । रामुले बजारमा गएर ग्राहकसँग सिधै कुराकानी गरी मूल्य सस्तो राखेर आफ्नो सामान बेच्न थाल्यो । यसरी रामुको परिश्रम र इमान्दारीका कारण ग्राहकहरुले उसको सामानमा चासो लिन थाले ।
रामुले सोच्न थाल्यो, यदि उनले आफ्नो व्यापारलाई अनलाइन प्लेटफर्ममा विस्तार गर्न सक्यो भने त्यो नयाँ अवसरको रुपमा साबित हुन सक्छ । त्यसका लागि ऊ साथीहरुसँग अनलाइन व्यापारको बारेमा सिक्न थाल्यो । रामुले सामाजिक सञ्जाल र अनलाइन मार्केटिङका माध्यमबाट आफ्ना उत्पादनहरुको प्रचार गर्न थाल्यो । उसले पहिले आफ्नो उत्पादनहरु सस्तो मूल्यमा अनलाइनबाट बेच्न सुरु गर्यो । यसबाट रामुले के देख्यो भने मानिसहरु अनलाइन प्लेटफर्ममा पनि सामान खोजिरहेका थिए र यदि उनले तिनीहरुको आवश्यकता अनुसार सामान उपलब्ध गराउन सक्यो भने त्यहाँ पनि सफलता मिल्न सक्छ ।
रामुले उत्पादनको दायरा पनि बढायो । अब उसले तरकारी र फलफूल मात्र होइन अचार र मसला पनि उत्पादन गरी अनलाइनमा बेच्न थाल्यो । यसको प्रभावले रामुको व्यापारमा ठुलो परिवर्तन ल्यायो । केही महिनाभित्रै रामुले आफूलाई अनलाइन बजारमा चर्चित गरायो । एक वर्षपछि रामुको व्यवसायले राम्रो गति लियो । उसको व्यापारमा सोचेभन्दा धेरै प्रगति भएको थियो । एकदिन उसले गाउँका सबै किसानहरुलाई एक कार्यक्रममा बोलायो र आफ्नो अनुभव सुनायो । उसले भन्यो, “जीवनमा चुनौतीहरु आउँछन्, तर यदि हामीले आत्मविश्वास र परिश्रमका साथ काम गर्यौँ भने, हामीले सफलता पाउन सक्छौँ ।”
रामुको यो प्रेरणादायक कथाले गाउँका किसानहरुलाई नयाँ दृष्टिकोण र सोचका साथ काम गर्न प्रेरित गर्यो । गाउँका धेरै किसानहरुले अब रामुको बाटो पछ्याउन थाले र उनीहरुले पनि आफ्नो कृषिमा नयाँ सोच अपनाए । रामु केवल एक सफल किसान मात्र भएन उसले गाउँमा कृषिको महत्त्व र नयाँ व्यापारिक अवसरहरुको बारेमा शिक्षा दिन सुरु गर्यो । उसले विद्यालयका शिक्षकहरुसँग कुरा गरी बालबालिकालाई कृषि र व्यापारका बारेमा शिक्षा दिन योजना बनाउन थाल्यो ।
वर्षौँको कडा सङ्घर्ष र परिश्रमले रामुलाई ठूलो सफलता दिलायो । उसले आफ्नो गाउँलाई मात्र होइन देशभरका किसानहरुलाई उदाहरण दिन सक्यो । उसले सिकाएको परिश्रम, इमान्दारिता र आत्मविश्वासका कारण रामु गाउँका लागि एक प्रेरणास्रोत बन्यो ।
आज पनि रामु नागपूर गाउँको इतिहासमा एउटा सम्मानित नाम बनेको छ । उसको संघर्ष र सफलता, कठिनाइ र चुनौतीको
बिचमा देखाएको धैर्यता र परिश्रमका कारण रामुको कथा देशभर फैलिएको छ र आजका युवा कृषकहरुलाई प्रेरित गर्दैछ । यो एउटा उज्यालो भविष्यको कहानी हो, जुन रामुको परिश्रम र सही सोचले सम्भव बनाएको हो ।