Skip to main content

सफलता

आश्ना श्रेष्ठ

कक्षा : ६ (वरुण)

एउटा गाउँमा असिम नामको केटो आफ्ना आमा, बुबा, दिदी र भाइसँगै मिलेर बस्दथे । उनका जीवनका दिनहरु सङ्घर्ष र समस्याले भरिएका थिए तर असिमले कहिल्यै हार मानेन । उनको परिवारको आर्थिक स्थिति कमजोर थियो तर असिमको इच्छाशक्ति र शिक्षा प्राप्तिको लागि अटल सङ्कल्पले उनलाई शारीरिक र मानसिक समस्याहरु पार गर्न मदत पुर्यायो ।

असिमको बाल्यकाल सामान्य बितेको थियो । उनका बुबा एक सामान्य किसान थिए र आमा गृहिणी थिइन् । असिमकी दिदी र भाइ मामाघरमा बसेर अध्ययन गर्दै थिए । असिम भने घरमा आमा बुबासँग बसेर पढ्दै थिए । असिमको बुबालाई छोराको लागि कापी कलम जुटाउन पनि निकै धौ धौ थियो । असिमका लागि यो कठिनाइको समय थियो । उनले कक्षामा पुस्तकहरु जतन गरेर पढ्ने गर्थे । उनले घरका सबै काममा पनि सहयोग गर्नुपथ्र्यो । उनका साथीहरुले खेलकुद र मनोरञ्जनमा समय बिताउँदा असिमले आफ्नो पढाइमा ध्यान दिँदै आफ्नो भविष्य बनाउनको लागि केही न केही काम गरिरहेका हुन्थे ।

असिमका लागि पढेर कुनै राम्रो काम गरेर परिवारलाई दुःखको घेराबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी थियो । उनी कक्षा दशमा अध्ययनरत थिए र यसै अवधिमा कक्षाको अन्तिम परीक्षा नजिक आउँदै थियो । असिमको मनमा डर र चिन्ता भइरहेको थियो । विद्यालयमा एउटा कडा नियम थियो यदि कुनै विद्यार्थीले परीक्षा पास गर्न सकेन भने उनका अभिभावकले थप शुल्क तिर्नु पथ्र्यो । यो कुरा असिमका लागि एक ठूलो चिन्ताको विषय थियो किनकि उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । उनले सोचे, “यदि म यसपटक फेल भएँ भने मेरो परिवारलाई थप बोझ थपिन सक्छ ।”

असिमले दिन रात एक गरेर पढाइमा ध्यान दिन थाले । उनले आफ्नो कठिन परिश्रम र लगनले यस चुनौतीलाई जित्न सफल भए । परीक्षा दिनु अघि उनले कडा मेहनत गरे र रातभरि नसुती अध्ययन गरे । अन्ततः परीक्षाको परिणाम आयो र असिमले सबै विषयमा उत्कृष्ट अङ्क प्राप्त गरे ।

यो सफलता देखेर उनका शिक्षकहरु निकै खुसी भए । उनको कक्षा शिक्षकले उनलाई भन्नुभयो, “तिमीले सबै विषयमा उत्कृष्ट अंक ल्याएका छौ ।”

असिमलाई विश्वास नै लागेन । यो उसको लागि एउटा सपना जस्तो थियो । जब उनी घर फर्के उनका आमा र बुबा पनि यस खबरले अचम्मित भए । उनीहरु आफ्नो छोराको सफलताबाट निकै खुसी भए । असिमका लागि यो खुशीको क्षण थियो । उनले आफ्नो परिश्रमको फल प्राप्त गरेको महसुस गरे ।

असिमको जीवन सामान्य तरिकाले चलिरहेको थियो । केही समयपछि असिमका बुबा अचानक बिरामी परे । अस्पतालमा जाँच गर्दा थाहा भयो कि उनलाई क्यान्सर भएको रहेछ । डाक्टरले अब केही महिनामै उनको जीवनको अन्त्य हुन सक्छ भनेर सुनाए । यो खबर असिम र उनकी आमाका लागि असह्य थियो । असिम गहिरो शोकमा डुब्यो । उसलाई आफ्नो जीवन एकदमै अन्धकार लाग्यो । नभन्दै तीन महिनापछि उनको बुबाको मृत्यु भयो । बुबाको मृत्युपछि असिम र उनकी आमा गहिरो शोकमा डुबे । उनले आफ्नो सबै सपना हराएको महसुस गरे । असिम निकै हिम्मतिलो केटो थिए । उनले यो दुःखको समयमा हिम्मत नहारी आफूलाई साहसी बनाए ।

एक दिन असिमले उनका बुबाले छोडेको एक भिडियो सन्देश भेट्टाए । बुबाले अन्तिम समयमा आफ्नो सम्पत्ति र भविष्यको योजनाको बारेमा आफ्नो परिवारलाई सन्देश दिएका थिए । यो भिडियोले असिमको जीवनको दिशा नै बदल्यो । उनका बुबा एक साधारण किसान मात्र थिएनन् । उनी एक अरबपति थिए, जसको सम्पत्ति र व्यवसायले असिमको भविष्यलाई नयाँ मोड दिन सक्थ्यो तर उनका बुबाले व्यापार व्यवसाय गर्दा घाटा लागेर सबै सम्पत्ति

सकिएको कुरा सन्देशमा बताएका थिए । उनले असिमसँग माफ माग्दै अब परिवारलाई राम्रोसँग पाल्ने जिम्मा तिम्रो काँधमा आयो । आशा छ तिमीले मेरो भरोसा तोड्ने छैनौ भनेर सम्झाएका थिए ।

उनले विभिन्न ठाउँमा लगानी गरेर व्यवसाय गर्दा ध्यान दिनुपर्ने सन्देश उनले छोडेका थिए । जसले असिमलाई आत्मनिर्भर बन्न र परिवारलाई कठिन जीवनबाट माथि उठ्नको लागि मदत गथ्र्यो । असिमलाई थाहा थियो कि अब उनको बुबा यस संसारमा छैनन् । उनको परिवारको जिम्मेवारी असिमको काँधमा आयो ।

समय बित्दै गयो । असिमकी आमा मानसिक र आर्थिक रुपमा अप्ठ्यारो अवस्थामा परिन् । उनले पुनः विवाह गर्ने निर्णय लिइन् । उनले यो कुरा आफ्नो छोरालाई सुनाइन् । असिमले पनि आमाको यस कुरारामा सहमती जनाए । उनकी आमाको विवाह दिनेश नाम गरेका व्यक्तिसँग भयो । दिनेशले सुरुमा असिम र उनकी आमालाई निकै माया र हेरचाह गरे । दिनेश असिमको जीवनमा एक नयाँ बुबाको रुपमा आएका थिए ।

समय बित्दै जाँदा असिमलाई उनको व्यवहार एकदमै शङ्कालु लाग्न थाल्यो । दिनेशले असिमकी आमालाइ नराम्रो व्यवहार गर्न थाले । उनले जहिले पनि आमासँग पैसा माग्दै रक्सी खान्थे । पैसा माग्दा पाएनन् भने चोरी पनि गर्न थाले । असिमले थाहा पाए कि दिनेशले उनकी आमालाई धोका दिएका रहेछन् र उनको व्यवहारले उनलाई झन् बढी चित्त दुखाएको थियो ।

एक दिन असिमले आफ्नी आमासँग दिनेशको बारेमा कुरा गरे । उनले भने, “आमा, मलाई थाहा छ कि तपाइँले नयाँ विवाह गर्नुभएको छ तर मलाई उहाँको व्यवहारमा शङ्का छ । के उहाँले वास्तवमै हामीलाई चाहनुहुन् ?”

उनकी आमाले भनिन्, “तिमीलाई थाहा छ, मेरो पहिलो विवाह तिम्रो बुबासँग भएको थियो, जुन सङ्घर्षपूर्ण थियो । तर तिम्रो बुबाको मृत्युपछि मैले मानसिक र आर्थिक सङ्कट भोगेँ । त्यसपछि मैले दिनेशसँग विवाह गर्नु पर्यो ताकि मैले मेरो परिवारलाई समस्याको अवस्थाबाट बाहिर निकाल्न सकु ।”

असिमले भने, “म बुझ्छु आमा तपाईंले किन यो निर्णय लिनुभयो । तर साँचो माया भनेको बाहिरी हेरचाह मात्र होइन, यो विश्वास र एक अर्काको सम्मानको कुरा पनि हो । मैले आफैँले मेहनत गरेर हाम्रो परिवारलाई पाल्न सक्छु । तपाईं केही चिन्ता नलिनु आमा ।”

असिमको यो कुरा सुनेर आमा धेरै खुसी भइन् । उनले असिमको साहस र समझदारीको कदर गरिन् । यसपछि उनीहरु आमाछोराबिचको सम्बन्धमा सुधार आयो । असिमले परिवार पाल्नको लागि धेरै दुःख गरे । उनले बिहान बेलुका पढाउने काम गर्दै आफ्नो पढाइलाई पनि अगाडि बढाउँदै लगे । उनले परिवारलाई माया र सङ्घर्षसँगै सम्हाल्दै आफ्नो जीवनका नयाँ अवसरहरु खोजे ।

अब असिमले शिक्षक भएर काम गर्न थाले । उनले विद्यार्थीहरु माझ आफ्नो क्षमता देखाउन थाले । उनको शिक्षाले लाखौँ युवाहरुलाई प्रेरणा दियो । असिमको जीवनका उतारचढाव र सङ्घर्षले उनको मनोबल र आत्मविश्वासलाई अझ बलियो बनायो । कुनै दिन परीक्षामा असफल भइन्छ कि भन्ने डरले परीक्षा दिनसम्म डराएका असिम आज सबैका प्रेरणाका स्रोत बनेर आफ्नै मेहनतले सपना साकार गर्न सक्षम भएका छन् । उनले आफ्नो आमालाई पनि निकै माया र हेरचाह गरेर पाल्न थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children