Skip to main content

दृष्टिकोण

निम्सा थापा

कक्षा : आठ (इन्द्रावती)

“उठ, युना !” आमाले तलबाट कराउनुभयो । म आँखा मिच्दै उठेँ । बिहानको उज्यालो कोठाभरि फैलिएको थियो । मैले झ्याल खोलेर बाहिर हेरेँ, आकाश सफा थियो र घाम मधुरो लागिरहेको थियो ।

मैले मुख धोएँ, ब्रस गरेँ र नक्कल गर्दै नयाँ स्कुलको पोशाक लगाएँ । ऐनाको अगाडि उभिएर आफूलाई हेरेंँ र हल्का सास फेरेँ । “तिमी सक्छौ, युना ! डराउनु पर्दैन,“ मैले बिस्तारै आफैंलाई सम्झाएँ ।

त्यहीबेला आमा कोठामा पस्नुभयो । “कति राम्री देखिएकी छे, मेरी छोरी!” उहाँले गाला चिमोट्दै भन्नुभयो । म अलि लाज मानेर हासेँ । “बस्नुस् न आमा,“ मैले भनेँ ।

खाजा खान बस्दा आमा मसँग गफ गर्न थाल्नुभयो । “नयाँ स्कुल जान डर लागिरहेको छ ?“ उहाँले सोध्नुभयो । “अलिकति त लागेको छ, “तर म धेरै उत्साहित पनि छु, मैले भने !“ आमो मुस्कुराउनुभयो र चुपचाप हाम्रो खाजा तयार पार्नथाल्नुभयो । म आमासँग बिदा माग्दै साइकलमा चढेँ र स्कुलको बाटो लागेँ ।

स्कुलको पहिलो दिन स्कुलको पार्किङमा पुगेर मैले आफ्नो साइकल पार्क गरेँ र ताल्चा लगाएँ । मेरो मुटु अलि–अलि छिटो ढुकढुक गरिरहेको थियो । “नयाँ साथी बनाउने दिन हो !” आफैंँलाई सम्झाएँ र भित्र पसेँ ।

म जति भित्र पसेँ, त्यति नै धेरै विद्यार्थीहरुका आँखा ममाथि थिए । म अलिक असजिलो महसुस गर्दै टाउको झुकाएर आफ्नो कक्षाकोठातिर गएँ ।

कक्षाभित्र पुगेपछि खाली सिट खोज्न थालेँ । एउटा सिट देखेँ, जहाँ एक जना केटो इयरफोन लगाएर चुपचाप बसेको थियो । मैले उसलाई बोलाएँ ।

के भयो ?“ उसले अलि झर्किएर भन्यो ।

“म नयाँ विद्यार्थी हुँ । यो सिट खाली छ कि ?“ मैले डराउँदै सोधें ।

“बस्न मन छ भने बस,” उसले झर्किएको स्वरमा भन्यो ।

म हल्का डराउँदै बसे । उसले के सुनिरहेको छ भनेर जान्न खोजेंँ । “तिमी अङ्ग्रेजी गीतहरु सुन्छौ ?“ मैले उत्साहित भनेर सोधेँ ।

“सुन्छु, के भयो र ?“ ऊ अलिक रिसाएजस्तो देखिन्थ्यो ।
“म पनि सुन्छु ।“ मैले खुसी हुँदै भनेँ ।
“हो र ?“ उसको अनुहार अलिक खुसी देखियो ।
“हो, तर म नेपाली गीत पनि धेरै मन पराउँछु ।“ मैले थपेँ ।
ऊ हाँसेर बोल्न थाल्यो । “तिम्रो नाम के हो ?“ मैले सोधेँ ।
“जय !” उसले भन्यो ।
“म युना ! भेटेर खुसी लाग्यो जय!” मैले हाँस्दै भनेँ ।

जयलाई युना पहिलोचोटि भेटेको मान्छेको जस्तो लागेन । युना यति धेरै खुसी थिइन् कि ऊ आफैँ अलमलमा परिरहेको थियो । “कसैले यति धेरै खुसी भएर जयसँग कहिल्यै बोलेको थिएन,” जयले मनमनै सोच्यो ।

जय र युनाको भेटे भएको केही समय मात्र भएको थियो तर युनाको हँसिलो अनुहार र नम्र स्वभावले जयलाई एकदमै परिचित मानिस जस्तो महसुस गराएको थियो । जय एकोहोरो भएर सोचिरहेको थियो । यत्तिकैमा कक्षामा गुरुआमाले सोध्नुभयो “जय ! के सोचिरहेको ?”

जयले हतारिँदै भन्यो “केही होइन गुरुआमा !”

एकदिन, जय कक्षातिर जाँदै थियो । अचानक उसले मानिसहरु जम्मा भएको देख्यो । त्यहाँ सबै जना जम्मा भएका थिए । ऊ दौडेर त्यहाँ गयो । उसले युनालाई भुइँमा रुँदै बसिरहेको देख्यो ।

“के भयो युना ? तिमीलाई कसले के गर्यो ?” जयले युनाको छेउमा बसेर सोध्यो ।

“एउटा केटाले मलाई नराम्रोसित पिट्यो ।” युनाले डराउँदै भनिन् ।

“को ? त्यो केटो कस्तो छ ?” जयले सोध्यो ।

“ऊ अग्लो छ र उसले जर्सी लगाएको छ ।” युनाले डरले थरथराउँदै भनिन् ।

“बिराज ?” जयले उसको नाम लिँदै मुक्का कस्यो ।

जय दौडेर स्कुलको छतमा पुग्यो । बिराज र उसका साथीहरु एकआपसमा कुरा गर्दै हाँसिरहेका थिए ।

“बिराज !” जय करायो र उसको सर्टको कलर समातेर तान्यो ।

“ओहो! के गर्दैछस् ?” बिराज अत्तालियो ।

“तैँले युनालाई किन हिर्काइस् ?” जयले रिसाउँदै सोध्यो ।

“त्यस्तो केही होइन, हल्का लात हानेको मात्र हो” उसले हाँस्दै भन्यो ।

<“फेरि कसैलाई यस्तो गरेमा म तँलाई छोड्दिनँ बिराज ! यस्तो काम बन्द गर्” भन्दै जय करायो र उसलाई धकेल्यो । बिराज डराएर भाग्यो ।

युनासँग जयको दोस्ती दिनदिनै बढ्दै गयो । उनीहरु सँगै बसेर पढ्न थाले । उनीहरुको मित्रता यति बलियो हुँदै गयो । एक दिन उनीहरुले घुम्न जाने निर्णय गरे । उनीहरु भक्तपुरतिर घुम्न गए । त्यतिबेला उनीहरु अत्यन्त हर्षित थिए ।

अचानक जयले युनाको निधारमा एउटा सानो दाग देख्यो र झसङ्ग भयो ।

“यो के हो युना । कसरी तिम्रो निधारमा चोट लाग्यो ?” जयले सोध्यो ।
“मलाई थाहा छैन जय । पुरानो स्वूmलमा मलाई एउटा केटाले पिटेर यस्तो भएको रे ।” युनाले बिस्तारै भनिन् ।
“कुन स्कुल ?” जयले डराउँदै सोध्यो ।

मेरो पहिलाको स्कुल भनेर युनाले विद्यालयको नाम भनिन् ।

त्यो विद्यालयको नाम सुनेर जयको मन ढुक्क भयो । सानामा जय पनि त्यही विद्यालयमा पढ्थ्यो । त्यो चोट जयले गरेको गल्तीका कारण भएको थियो ।

“म माफी चाहन्छु युना, त्यो केटो म नै हुँ । यो सबै मेरो कारणले हो ।” जयले रुँदै भन्यो ।

“के रे ?” युनाले अचम्म मान्दै सोधिन् ।

“त्यतिखेर म एकदमै नराम्रो मान्छे थिएँ त्यो दिन तिमीले मेरो अन्तिम धैर्य तोडेकी थियौ ।”

“तर म अब बदलिएको छु । तिमीले माफ गर्न नसके पनि म बुझ्छु,“ जयले मलिन हुँदै भन्यो ।

युनाले जयलाई दयालु आँखाले हेरिन् र भनिन्, “म तिमीलाई माफ नगर्ने सोचमा थिएँ जय तर तिमीले गल्तीको महसुस गर्यौ । म तिमीलाई माफ दिन्छु तर अबदेखि कसैमाथि पनि यस्तो काम नगर”

“म तिमीजस्तो असल मित्र कहिल्यै गुमाउन चाहन्नँ” जयले भन्यो ।

युनाले पनि जयलाई माफी दिइन् । त्यस दिनपछि, उनीहरु मिलेर पढ्न थाले । युनाले जयलाई परिवर्तन गर्न मद्दत गरिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children