Skip to main content

जादुको टोपी

सुहासी शर्मा पौडेल

कक्षा : छ (महाकाली)

एक समयको कुरा हो । काठमाडौँमा समिर नाम गरेको एउटा केटो बस्थ्यो । समिर बाल्यकालदेखि नै एक सफल जादुगर बन्न चाहन्थ्यो । सानो छँदा ऊ सधैँ जादु देखाउने मानिसहरुलाई चकित भएर हेरिरहन्थ्यो । उसका साथीहरु खेल्नमा रमाउँथे तर समिरलाई जादुको चमत्कारमा मात्रै चासो थियो । ऊ सधैँ सोच्थ्यो, “के म पनि कहिल्यै यस्तो गर्न सकुला ?”

जतिबेला ऊ जवान हुँदै गयो त्यतिबेला उसले आफ्नो सपना पछ्याउने दृढ सङ्कल्प ग¥यो । जादुगर बन्ने उसको यात्रा सजिलो थिएन । काठमाडौंको सहरमा अवसरहरुको कमी थिएन । उसले ठूला ठूला जादुगरहरुको कार्यक्रम हेरेर सिक्ने प्रयास गथ्र्यो । ऊ पुस्तकालयमा जादुको किताबहरु पढ्न जान्थ्यो र सिक्ने कुनै पनि अवसरलाई गुमाउँदैनथ्यो ।

उसका गुरुहरुले उसलाई आधारभूत जादुका सीपहरु सिकाए । उनलाई गुरुहरुले भनेका थिए, “सफल हुनका लागि केवल सीप मात्र होइन मनमा धैर्य र मेहनत पनि आवश्यक छ ।” समिरले यो कुरा मनमा राख्यो । ऊ दिनरात अभ्यास गथ्र्यो । कहिलेकाहीँ असफल भएर निराश पनि हुन्थ्यो तर कहिल्यै हार मानेन ।

समय बित्दै जाँदा कडा परिश्रम र समर्पणले उसले आफुलाई एक प्रसिद्ध जादुगर बनाउन सफल बनायो । उसका कार्यक्रम धेरै लोकप्रिय भए । उसले काठमाडौँका विभिन्न ठूला कार्यक्रममा आफ्ना जादु प्रदर्शन गर्न थाल्यो । एक दिन समिरले पोखरामा एक ठूलो जादु प्रदर्शन गर्ने योजना बनायो । पोखरा नेपालको सुन्दर सहर हो ।

जहाँका प्राकृतिक दृश्य र पर्यटकहरुको भीडले सहरलाई विशेष बनाउँथ्यो ।

समिरले धेरै तयारी गर्यो र आफ्नो विशेष जादु देखाउन पोखरा जाने निर्णय गर्यो । जब पोखरामा उसको कार्यक्रमको कुरा सुनियो तब त्यहाँका मानिसहरु निकै उत्साहित भए । समिरसँग एउटा गुप्त कुरा थियो । ऊ वास्तवमा दुईवटा टोपी बोकेर हिँड्थ्यो । एउटा सामान्य टोपी, जसमा रातो धर्को थियो भने अर्को जादुमय टोपी, जसमा कुनै धर्को थिएन । सामान्य टोपीमा कुनै विशेषता थिएन तर जादुमय टोपीले उसको जादुमा महत्वपूर्ण भूमिका खेल्थ्यो ।

जब समिर पोखरामा कार्यक्रम गर्न थाल्यो । उसको जादुले सबै चकित भए । चारैतिर उसको प्रशंसा भयो । कार्यक्रम सकिएपछि उसले टोपीलाई झोलामा राख्न खोज्यो । जब उसले टोपी हेर्यो तब जादुमय टोपीको सट्टा गल्तीले सामान्य टोपी लिएर गएको थाहा पायो । यो थाहा पाएपछि ऊ अचम्ममा पर्यो । उसले सोच्न थाल्यो, “के म जादुको टोपीबिना नै सफल भएँ, के यो मेरो आफ्नै प्रयासको परिणाम हो, या कुनै अदृश्य शक्ति?”

समिरले यो विशेष घटनालाई लिएर एउटा एक पुरानो ज्योतिषीलाई भेट्न जाने निर्णय गर्यो । ज्योतिषीले पहिले पनि महत्वपूर्ण भविष्यवाणी गरेका थिए । जब समिर ज्योतिषीको घर पुग्यो तब उसले आफ्नो पुरै कथा सुनायो । ज्योतिषीले समिरको कुरा सुनिसकेपछि भने, “तिमी नै त्यो विशेष व्यक्ति हौ ।”

समिरले चकित हुँदै सोध्यो, “तपाईं के भन्न चाहनुहुन्छ ?” ज्योतिषीले भने, “तिम्रा हजुरबा एक महान जादुगर थिए तर उनल आफ्नो शक्तिको दुरुपयोग गरे । तिम्रा हजुरबाले हृदयको शुद्धता र मेहनतको मूल्यलाई बुझ्न सकेनन् ।”

समिरले सोध्यो, “तर मलाई किन यस्तो शक्ति दिइएको छ?” ज्योतिषीले उत्तर दिए, “तिमीले सधैँ मेहनत गरेको छौ र हृदयबाट काम गरेको छौ । त्यसैले तिमीले यो शक्ति पायौ ।”

समिर स्तब्ध भयो । उसले आफ्नो जीवनमा सधैँ इमान्दार र निष्ठावान भएर काम गर्ने प्रतिज्ञा गर्यो ।

समिरले जादु प्रदर्शन जारी राख्यो तर हरेक पटक ऊ आफ्नो हृदयलाई साथमा राखेर मात्र जादु देखाउँथ्यो । पोखरामा घटेको त्यो विशेष घटना उसलाई जीवनभर याद रह्यो । यसले उसलाई साँचो जादुगरको रुपमा स्थापित गर्यो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children