इमान्दार ओरिया

दृशना लम्साल
धेरै वर्ष अघि एक गाउँमा एक ठूलो परिवार बस्दथ्यो । यो परिवारमा परिवारका सबै सदस्यहरु मिलेर बसेका थिए । त्यस परिवारको मुख्य व्यक्ति बाजे हुनुहुन्थ्यो । घरको महत्त्वपूर्ण निर्णय र सुझाबहरुमा उनकै हात थियो । परिवारका सदस्यहरु उनको भनाइ र मार्गदर्शनमा चल्थे । बाजे एक दयालु र समझदार व्यक्ति थिए, जसका निर्णयहरुले परिवारको जीवन सहज र समृद्ध बनाएको थियो । एक दिन बाजेले एउटा अति महत्वपूर्ण निर्णय गरे । उनले घरमा अब एउटा कुकुर ल्याउनुपर्छ भनेर कुरा उठाए । कुकुर भएको घरमा चोरको डर हुँदैन भनेर सबैलाई सम्झाए ।
यो निर्णयले त्यस परिवारको जीवनमा एक महत्वपूर्ण मोड ल्यायो । बाजे कुकुर किन्न भनेर हाट बजार जानुभयो । उहाँले त्यहाँ एउटा सानो, प्यारो कुकुर देख्नुभयो । उहाँले त्यो कुकुरलाई घर ल्याउनुभयो । परिवारका सदस्यहरुले सुरुमा खुसी भएर त्यो कुकुरलाई स्वागत गरे । बाजे निकै खुसी भएर भन्नभयो, “यो कुकुर हाम्रो परिवारको एक सदस्य हो । हामीले यसलाई माया गर्नुपर्छ । यसले हाम्रो घरको रक्षा गर्नेछ र हामीलाई सधैँ माया गर्नेछ ।”
त्यसपछि, यो कुकुर, जसको नाम बाजेले ’ओरियो’ राख्नुभयो । त्यो कुकुर परिवारको अभिन्न हिस्सा बन्न थाल्यो । ओरियो हरेक बिहान परिवारका सदस्यहरुसँग खेल्थ्यो, घरको रेखदेख गथ्र्याे । कुकुर सबैसँग रमाएर बसेको थियो । उसले आफ्नो प्यारो स्वभावका कारण सबैको मन जितेको थियो । उ परिवारका सदस्यसँगै खेल्थ्यो, खाना खान्थ्यो, र सबैका लागि एक प्यारो साथी बनिसकेको थियो । विशेषगरी बाजे ओरियोलाई आफ्ना परिवारका सदस्यभन्दा कम माया गर्दैनथे । उहाँको ओरियोसँग एक विशेष माया बसेको थियो ।
अचानक, एक दिन बाजेको निधन भयो । उहाँको मृत्युले परिवारमा गहिरो शोक छायो । बाजे परिवारका सबै निर्णय गर्ने र सबैलाई असल बाटोमा हिँड्न सिकाउने गुरु हुनुहुन्थ्यो । त्यस घरको सम्पूर्ण आर्थिक हिसाब किताब राख्ने काम पनि उहाँले नै गर्नुहुन्थ्यो । उहाँको अनुपस्थितिमा परिवारको आर्थिक स्थिति बिग्रन थाल्यो । बाजे नै घरको मुख्य कमाउने व्यक्ति हुनुहुन्थ्यो र उहाँबिना परिवारको आम्दानीमा ठूलो असर पर्यो । यो समस्याले परिवारमा तनाव र द्वन्द्वको वातावरण सिर्जना गर्यो ।
आर्थिक समस्याले गर्दा परिवारका सदस्यहरुबिच झगडा बढ्दै गयो । एकदिन बाजेका जेठो छोराले सबैलाई अगाडि राखेर भने, “हामीसँग पैसा छैन, हाम्रो हालत बिग्रिएको छ । अब ओरियो हाम्रो लागि बोझ बनिसकेको छ । यसको हेरचाह र खानाको खर्च धान्न हामीसँग समय र पैसा छैन । यसलाई अब बाहिर निकाल्नु पर्छ ।”
पहिला परिवारका केही सदस्यहरुले विरोध गरे तर परिस्थिति साह्रै बिग्रिएपछि अन्ततः सबैले ओरियोलाई बाहिर राख्ने निर्णय गरे । उसले पहिले जस्तै घरमा सुत्न र खाना खान पाएन । उसलाई दुई छाक खाना पनि मिलेन । आरियो घर बाहिर बस्थ्यो तर कहिल्यै आफ्नो जिम्मेवारीबाट पछि हटेन ।
यस्तो कठिन समयमा पनि ओरियोले आफ्नो कर्तव्यलाई कहिल्यै भुलेन । ऊ बाहिर बसेतापनि रातभरि आफ्नो घरको रक्षा गर्दै आफ्नो कर्तव्य पुरा गथ्र्यो । चिसो मौसममा पनि उसले घरको सुरक्षा गथ्र्यो । तर उसको माया गर्ने बाजे अब यस संसारमा हुनुहुन्नथ्यो र परिवारले उसलाई बोझको रुपमा हेर्न थालेको थियो । ओरियो टड इम्पेरियल वल्र्ड स्कुल दुःखी थियो तर उसले कहिल्यै आफ्नो परिवारलाई नराम्रो ठानेन र जिम्मेवारीबाट पनि पछि हटेन ।
समय सधैँ एकैनास रहँदैन समयसँगै संसारमा सबै कुरा परिवर्तन हुन्छ । एक दिन ओरियोको परिवारका सबै सदस्यहरु कामको सिलसिलामा गाउँ बाहिर जान पर्यो । घर एकदमै सुनसान थियो र ओरियोले मात्र घरको सुरक्षा गर्दै थियो । त्यस बेलामा एउटा चोर घरमा प्रवेश गर्न खोज्यो । चोरले सबै सामान चोर्न थाल्यो । ओरियोले त्यस चोरलाई देख्नासाथ तुरुन्तै चोरको पछाडि दौडियो । चोर ओरियोलाई देखेर डरायो र भाग्न सुरु गर्यो । ओरियोले उसलाई झन पछ्याउँदै गयो ।
चोर भाग्दै गर्दा ओरियोले उसलाई झाडीमा खसाल्दियो । यसै बेलामा छिमेकीहरुले ओरियोको भुक्दै गरेको आवाज सुनेर के भएछ कतै चोर त आएन भन्दै त्यहाँ आइपुगे । छिमेकीहरुले चोरलाई समातेर प्रहरीलाई खबर गरे । जब परिवार घर फर्कियो उनीहरुले ओरियोले गरेको साहसिक कार्यका बारेमा सुने । यो घटनाले सबैका मुहारमा अचम्म र खुसीको लहर ल्याइदियो । परिवारका सदस्यहरुले महसुस गरे कि जुन कुकुरलाई उनीहरुले त्यति बेला बोझको रुपमा हेरेका थिए, त्यही कुकुरले घरको सुरक्षा गर्यो र परिवारलाई सङ्कटबाट बचायो ।
यो घटना पछि परिवारका सदस्यहरुले ओरियोलाई घरभित्र ल्याए र फेरि उसलाई माया गर्न थाले । उसलाई पहिले जस्तो मीटो खाना दिन थालियो । आरियो अब घरको न्यानो कोठामा आरामसँग बस्न थाल्यो । अब, ओरियो एक कुकुर मात्र होइन, परिवारको सच्चा साथी र सुरक्षाकर्मी बनिसकेको थियो ।