कर्मको फल

प्राथिका राणा
गोरखा जिल्लाको गाउँमा पहाड र हरिया जङ्गलहरु भएको प्राकृतिक सौन्दर्यले भरिएको एउटा ठाउँ थियो । त्यहाँका मानिसहरु आफ्ना परम्परागत काममा व्यस्त थिए । मानिसहरु सरल र मिहिनेती थिए तर सँगसँगै उनीहरुको जीवनमा अनेकौँ सङ्घर्ष र दुःखका पलहरु पनि थिए । त्यही गाउँमा एउटा डाक्टरको परिवार पनि बस्थ्यो । उनीहरुको जीवन पनि अरु गाउँलेहरुको भन्दा भिन्न थिएन । तर यो परिवार मायालु वातावरणमा रमेको थियो ।
डाक्टर शम्भुप्रसाद एक समर्पित चिकित्सक थिए, जसले आफ्नो जीवनका अधिकांश समय गाउँका बिरामीहरुको सेवा गर्न व्यतीत गरेका थिए । उनी एक आन्तरिक समस्यामा थिए । उनी आफ्नो पेशामा पूर्ण समर्पित हुन सकिरहेका थिएनन् । अस्पतालमा काम गर्दा उनी प्रायः मलिन अनुहारमा देखिन्थे । डाक्टरलाई परिवारको साथ समय बिताउन मन पथ्र्यो । उनी प्रायः आफ्नो व्यक्तिगत क्लिनिकमा काम गर्न रुचाउँथे । यसले गर्दा गाउँका बिरामीहरुलाई आउजाउमा समस्या परिरहेको थियो । उनीहरु दुःखी भएर घर फर्किन्थे । डाक्टरले भने उनीहरुको प्रतीक्षा गर्दै समय बिताइरहेका हुन्थे ।
डाक्टर शम्भु प्रायः आफ्नो क्लिनिकमा बस्दा मोबाइलमा व्यस्त हुन्थे । यतिसम्म कि कहिलेकाहीँ त आफ्ना बिरामीहरु अस्पतालमा पर्खिरहेका छन् भन्ने कुरा पनि उनी बिर्सिन्थे । एकदिन
बिहान ठूलो पानी परिरहेको थियो जसका कारण उनका छोराछोरीको विद्यालय बन्द भएको थियो । उनीहरुको पठनपाठनमा पनि बाधा परेको थियो । भोलिपल्ट पानी पर्न केही कम भयो । शम्भुकी छोरी र छोरा खुसी हुँदै विद्यालय जान तयार हुँदै थिए । शम्भु पनि आफ्नो चिकित्सकीय काममा लाग्न थाले तर उनलाई त्यो दिन पनि काम गर्ने जाँगर चलेको थिएन ।
एक दिन केही मानिसहरु समय मिलाएर डाक्टरलाई भेट्नका लागि तयार भएर उनको घर गएका थिए । उनका छोराछोरीले ती मानिसहरुलाई मिठाइ र ताजा फलपूmल बनाइरहेका थिए । घरको वातावरण निकै रमाइलो थियो । आपूmलाई भेट्न भनेर आएका ती मानिसहरुलाई उनले भेट्न मानेनन् । शम्भुको मनमा एक गहिरो शून्यता थियो । उनी आफ्नो काममा पुग्न चाहन्थे तर आफ्नो परिवारसँग समय बिताउन पनि रुचि थियो । उनी अन्ततः अस्पताल नगएर आफ्नो क्लिनिकमै बसे ।
उनी आफ्नो क्लिनिकमा व्यस्त थिए । त्यसै समयमा उनलाई अस्पतालमा तुरुन्त आउन खबर आयो । गाउँको विद्यालयमा एउटा दुर्घटना भएको थियो । एउटा बच्चालाई छतमा खेल्दै गर्दा लडेर गम्भीर चोट लागेका थियो । त्यो बच्चाको अवस्था चिन्ताजनक थियो । उनले फोनमा “केही समयमै आउँछु” भनेर जवाफ दिएका थिए तर अस्पतालमा जान उनलाई मनै थिएन । उनी अस्पताल जानको लागि जानी जानी ढिलो गर्दै थिए । अस्पतालबाट आएको फोन पनि उठाउँदैनथे । आफ्नो यस्तो कामले उनी दुःखी थिए । आफूले गलत गरिरहेको भन्ने उनलाई राम्रोसँग थाहा थियो । यसरी शम्भु अस्पताल गएर बिरामीहरुको सेवामा ध्यान पु¥याउन सकिरहेका थिएनन् ।
नर्सले धेरै पटक फोन गरेपछि उनी अल्छी मान्दै अस्पताल गए । जब उनी अस्पतालमा प्रवेश गरे तब नर्सले आत्तिदै भनिन्, “डाक्टरसाब तपाईंको छोरालाई टाउकामा गम्भीर चोट लागेको छ । उनी अहिले अस्पतालको आपतकालिन कक्षमा छन् ।”
यस्तो कुरा सुनेपछि उनी छाँगाबाट खसेजस्तो भए । शम्भुले हृदय थामिएको महसुस गरे । डरले उनको हातपाउ कामिरहेका थिए । उनले तुरुन्तै सोधे, “कसरी भयो? के भयो?” नर्सले भनिन्, “उनी विद्यालयको छतमा खेलिरहेको बेला खसेका रहेछन् । टाउकामा गम्भीर चोट लागेको छ । वृmपया छिटो आउनुहोस् ।”
यस्तो कुरा सुनेपछि डाक्टर शम्भुको मनमा एक गहिरो पछुतोको भाव उत्पन्न गरिदियो । उनले आफूलाई अपराधी जस्तो महसुस गरे । उनी छिटो अस्पताल नपुगेकोमा पछुतो गर्दै तुरुन्तै छोराको उपचारमा व्यस्त भए । यसै समयमा उनले आफ्नो गल्ती महसुस गरेर सोच्न थाले कि एक डाक्टरको जिम्मेवारी के हो ? के मैले आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गरेँ ? केवल व्यक्तिगत जीवनमा सन्तुष्ट हुनु मात्र ठुलो कुरा होइन । एक चिकित्सकको जिम्मेवारी भनेको बिरामीहरुको जीवन रक्षा गर्नु हो, जसमा कुनै पनि सम्झौता गर्न सकिँदैन ।
डाक्टर शम्भुको छोरा खतरामुक्त भएको केही समयपछि उनले आफ्नो जीवनमा अबदेखि परिवर्तन गर्छु भन्ने सोच बनाएका थिए । त्यसदिनदेखि उनले आफ्नो सबै ध्यान बिरामीहरुको उपचारमा लगाउने निर्णय गरे । शम्भुले सबै कुरा छोडेर आफ्ना बिरामीहरुलाई प्राथमिकता दिने निर्णय गरे । यसरी उनका दिनहरु अब नयाँ दिशातर्फ फर्किए । उनलाई अस्पतालमा बिताउने समयको महत्व थाहा भयो । डाक्टर शम्भु अब समयमै बिरामीहरुको जाँच गर्न जान थाले । आफ्नो क्लिनिकलाई पनि त्यतिकै महत्त्व दिन थाले । उनले आफ्ना कामका बारेमा इमान्दारीपूर्वक विचार गर्दै नयाँ सङ्कल्प गरे कि अबदेखि उनी कुनै पनि परिस्थिति वा कारणबाट बिरामीहरुको स्वास्थ्यमा सम्झौता गर्ने छैनन् । उनले भगवानसँग माफी माग्दै आफ्नो पेशामा कुनै लापरवाही गर्ने छैनन् भनी प्रतिज्ञा गरे ।
डाक्टर शम्भुको जीवनमा परिवर्तन आएको थियो । उनले आफ्ना परिवारका सदस्यलाई पनि यो परिवर्तनको महत्व बुझाए । उनले परिवारसँग भन्न थाले, “हामी सबैको जीवनमा एक ठूलो उद्देश्य छ । म अब मेरो पेशालाई पूर्ण रुपमा सम्मान गर्नेछु र सँगसँगै मेरो परिवारलाई पनि सधैँ माया गर्नेछु ।”
उनको परिवारले पनि यो परिवर्तनलाई अँगाले र सबैले मिलेर एक नयाँ सुरुआत गरे । डाक्टर शम्भु अस्पतालमा हर्षित हुँदै बिरामीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन थाले । उनको ध्यान अब केवल बिरामीहरुको उपचारमा मात्र सीमित थिएन, उनले समुदायको सेवालाई पनि महत्त्व दिन थाले । डाक्टर शम्भु आफ्नो कार्यप्रति समर्पित भए । जसले गर्दा उनको परिवारमा पहिले भन्दा धेरै प्रेम र स्नेह ल्यायो । यस कुराले गाउँका मानिसहरुको जीवनमा पनि सकारात्मक प्रभाव पर्यो ।