नेपाल यात्रा

सम्राट के.सी
माया एक नेपाली मूलकी अमेरिकी केटी हुन् । उनी आफ्ना आमाबाबासँग दुबईमा बस्दै आएकी थिइन् । अमेरिकामा हुर्किएकी माया आफ्नी आमा सरलाबाट नेपालका धेरै कथा सुन्थिन् । उनकी आमा सरला उनलाई हरेक रात नेपालका हिमाल, रङ्गीन गाउँहरु र आफ्नो बाल्यकालका रमाइला अनुभवहरुका कथा सुनाउँथिन् । ती कथाहरुले मायाको मनमा नेपालको एउटा चित्र बनिसकेको थियो तर उनले नेपालको वास्तविकता कस्तो होला भनेर मनमनै सोच्थिन् ।
“माया यस वर्ष हामी नेपाल जाँदैछौँं । तिमीलाई हजुरआमासँग भेट्न र हाम्रो गाउँ घुम्न मन छ ?” एकदिन सरलाले सोधिन् ।
आमाको कुरा सुनेर माया खुसी भइन् । पहिलो पटक नेपाल जान पाउने कुराले उनी धेरै उत्साहित थिइन् । उनी नेपाल जाने तयारीमा लागिन् । नेपाल जाने दिन पनि तय भयो । उनी आफ्नी आमासित नेपाल प्रस्थान गरिन् । लामो यात्रापछि उनी नेपाल आइपुगिन् । विमानस्थलमा ओर्लिनासाथ माया काठमाडौँका भीडभाड, गाडीको हर्न र मानिसहरुको चहलपहलले अलमलमा परिन् । तर उनकी आमा सरलाले मुस्कुराउँदै भनिन्, “केही दिनमा तिमी यसमा बानी पर्नेछौ ।”
आमाको कुरा सुनेर माया खुसी भइन् । पहिलो पटक नेपाल जान पाउने कुराले उनी धेरै उत्साहित थिइन् । उनी नेपाल जाने तयारीमा लागिन् । नेपाल जाने दिन पनि तय भयो । उनी आफ्नी आमासित नेपाल प्रस्थान गरिन् । लामो यात्रापछि उनी नेपाल आइपुगिन् । विमानस्थलमा ओर्लिनासाथ माया काठमाडौँका भीडभाड, गाडीको हर्न र मानिसहरुको चहलपहलले अलमलमा परिन् । तर उनकी आमा सरलाले मुस्कुराउँदै भनिन्, “केही दिनमा तिमी यसमा बानी पर्नेछौ ।”
दुई दिनको यात्रापछि उनीहरु पहाडहरुले घेरिएको सानो गाउँमा पुगे । गाउँका मानिसहरुले उनीहरुलाई खुसीसाथ स्वागत गरे । केही गाउँलेहरुले उनीहरुलाई अनौठो गरी हेरिरहेका थिए । यो देखेर माया अचम्ममा परिन् ।
एकजना बुढी आमाले सरलालाई हेर्दै सोधिन्, “तिम्रो विवाह त राजपरिवारमा भएको होइन र ?”
सरलाले हाँस्दै जवाफ दिइन्, “त्यो पुरानो कुरा हो आमा, अब सबथोक फरक भइसकेको छ ।” यो कुरा सुनेर माया छक्क परिन् । उनले आफ्नीे आमालाई सोधिन्, “आमा, कुन राजपरिवार ?”
सरलाले लामो सास फेर्दै भनिन्, “माया, यो थाहा पाएर तिमी अचम्मित हुन सक्छौ तर हाम्रा पुर्खाहरु पहिला राजाहरु थिए । तिमी एउटा राजपरिवारकी सन्तान हौ माया । तर अहिले समय परिवर्तन भइसकेको छ ।”
आमाको यस्तो कुरा सुनेर माया छक्क परिन् । एकदिन माया घरमा भएका पुराना किताबहरु हेर्दै थिइन् । अचानक उनको नजर एउटा पुरानो तस्बिरमा पर्यो । किताबमा उनको परिवारका केही तस्बिर र चिठीहरु थिए । उनले त्यो किताब आमालाई देखाइन् । सरलाले किताबको पाना पल्टाउँदै भनिन्, “यी सबै तिम्रा आफन्तहरु हुन् । तर यी सब हाम्रो गर्व र सम्झनाका लागि मात्र हुन् ।”
सुरुमा माया यी कुराहरु सुनेर अलमलमा परिन् । माया बजार जाँदा त्यहाँका मानिसले पनि अनौठो नजरले मायालाई हेर्थे । उनी गाउँमा रहँदा वृद्धहरुका कुरा पनि सुन्न थालिन् । उनीहरुबाट मायाले उनको परिवारका बारेमा केही जानकारी हासिल गरिन् । उनका हजुरबाहरु पहिलाका राजा हुनुहुँदो रहेछ । यो कुरा सुनेर माया निकै अचम्मित भइन् । उनको परिवारको इतिहास र त्यो गाउँको इतिहासको सम्बन्ध गहिरो रूपमा जोडिएको रहेछ ।
एकदिन माया आफ्नो हजुरआमालाई भेट्न गइन् र भनिन्, “हजुरआमा! म हाम्रो परिवारको इतिहास बुझ्न चाहन्छु । मेरो परिवार कहाँबाट आएको हो ? मेरा हजुरबा के गर्नुहुन्थ्यो ? मलाई सबै बताइदिनुहोस् न ।”
हजुरआमाले गहिरो सास तानेर मुस्कुराउँदै भन्नुभयो “हाम्रो परिवारको कथा लामो छ नानी । तिम्रा हजुरबाहरु पहिला यो ठाउँका राजा हुनुहुन्थ्यो । उहाँहरु जनताका सुखदुःख बुझ्नुहुन्थ्यो । सबैलाई माया गर्नुहुन्थ्यो । तिमी पनि तिनै पुर्खाकी सन्तान हौ । तिमीले पनि यो गाउँ र यहाँका मानिसलाई माया गर्नुपर्छ ।”
हजुरआमाका कुरा सुनेर मायाको छाती गर्व र खुसीले ढक्क फुल्यो । आफ्नो परिवारको इतिहास बुझ्दै गर्दा उनले सोचिन् ढद्ध इम्पेरियल वल्र्ड स्कुल “यो यात्रा केवल नेपाल घुम्नका लागि मात्र नभई आफ्नो इतिहास र परम्परालाई बुझ्नका लागि पनि हो ।”
माया पुनः दुबई फर्किन् । उनी उता भए पनि उनको माया आफ्नै गाउँप्रति नै रहेको थियो । उनले पढाइ सकेर काम पनि गर्न थालिन् । आफ्नो कमाइको केही अंश उनले गाउँमा सहयोगका लागि पठाउन थालिन् ।