Skip to main content

सपनाको गाउँ

अभनिश श्रेष्ठ

कक्षा : छ (महाकाली)

एक समयको कुरा हो । नेपालको एक सुन्दर ठाउँमा एउटा गाउँ थियो । त्यो गाउँको नाम सपना गाउँ थियो । यो गाउँ हरिया जङ्गल र पहाडहरुको बिचमा रहेको थियो । यहाँका मानिसहरु सरल, मेहनती र दयालु थिए । उनीहरुको जीवन खेती, पशुपालन र परम्परागत सामानहरुको निर्माणमा बित्थ्यो । गाउँको शान्त र प्राकृतिक वातावरणले यहाँका मानिसहरुको जीवनलाई सधैँ सरल र सन्तुष्ट बनाएको थियो ।

गाउँमा एक युवक थिए, जसको नाम थियो रवि । रवि एक आशावादी व्यक्ति थिए । उनी नयाँ नयाँ सपना देख्न र त्यसलाई साकार बनाउन मेहनत गर्न मन पराउने व्यक्ति थिए । उनी सधैँ नयाँ–नयाँ योजनाहरु बनाउन मन पराउँथे तर कहिल्यै सफल हुन सकेनन् ।

रविको परिवार सानो थियो । उनकी आमा सरीता परिवारलाई निकै माया गर्ने महिला थिइन् उनले सदैव रविको हिम्मत बढाउने काम गर्थिन् । उनका बाबु भगवानदास, एक मेहनती किसान थिए जसले आफ्नो श्रमबाट परिवारको पालनपोषण गर्थे । रविकी सानी बहिनी माया, जसले उनलाई हरेक समय साथ दिन्थिन् । बहिनी माया उनको जीवनको प्रेरणास्रोत थिइन् ।

रवि सधैँ आफ्नो भविष्यको बारेमा सोच्थे । उनलाई विश्वास थियो कि “म केही राम्रो काम अवश्य गर्नेछु” । उनको परिवारलाई भने कहिलेकाहीँ रविले धेरै योजनाहरु बनाएर सोचिरहेकोमा निकै चिन्ता लाग्थ्यो ।

एक दिन रविले गाउँको चौरमा एक पुरानो पुस्तक भेट्टाए । पुस्तकको नाम थियो “सपना पूरा गर्ने तरिका” । उनले त्यो पुस्तक घरमा लिएर आए । उनले राति सुत्ने बेलामा त्यो पुस्तक पढे । यो पुस्तक निकै प्रेरणादायी थियो । उनले पुस्तक पढ्दै जाँदा विभिन्न नयाँ विचार र योजनाहरुका बारेमा थाहा पाए । यस पुस्तकले उनलाई केवल सपना देख्न मात्र नभई, त्यसलाई पुरा गर्नको लागि योजना बनाउन पनि सिकायो । यस पुस्तकले रविको जीवनको बाटो नै परिवर्तन गरिदियो ।

रविले आफ्नो सपना पूरा गर्नुपर्छ भन्ने वmुरा सोच्न थाले । उनले आफ्नो सपना खोज्न थाले । उनले ठाने कि उनले गाउँमा एक विद्यालय खोल्नुपर्छ । उनले विद्यालय खोलेर गाउँका बालबालिकाहरुलाई शिक्षा दिनु थियो किनभने त्यस गाउँमा विद्यालय नभएको कारण धेरै बालबालिकाहरु रहर भए पनि विद्यालय जान पाएका थिएनन् । यो उपायले उनका लागि नयाँ अवसरहरुको ढोका खोल्ने काम गर्छ भन्नेमा रवि ढुक्क थिए ।

रविले सबैभन्दा पहिले आफ्नो परिवारलाई यो विचार सुनाए । उनकी आमाले भनिन्, “छोरा यो त निकै ठूलो सपना हो । यो काम गर्नको लागि धेरै मेहनत र साधन चाहिन्छ ।”

आमाको कुरा सुनेर रविले भने, “आमा ∕, म यो गर्न सक्छु । म मेहनत गर्नेछु र गाउँका मानिसहरुको सहयोग लिनेछु ।”

रविले गाउँका मानिसहरुसँग भेटेर विद्यालय खोल्ने विषयमा कुरा गर्न थाले । कतिपयले उनलाई समर्थन गरे, केहीले भने, “तिमी धेरै ठूलो सपना देखिरहेका छौ । यो सम्भव छैन” भने । तर रविले आफ्नो योजना परिवर्तन गरेनन् । उनले आपूmसँग भएका थोरै साधन र मेहनतलाई उपयोग गरेर विद्यालय खोल्नका लागि ठाउँको खोजी गर्न थाले । उनले सबैलाई विद्यालयको महत्व र तिनका बालबालिकाहरुको भविष्यको बारेमा सम्झाए । केही मानिसहरुले भने उनलाई सहयोग गर्न सहमति जनाए ।

सबैले खोजी गरेर गाउँको बिचमा एक पुरानो घर भेट्टाए । त्यो घर वर्षाैंदेखि प्रयोगमा आएको थिएन । रविले यो घरलाई विद्यालयको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा सोचे । उनले गाउँका अन्य मानिसहरुलाई यो विचार सुनाए र धेरैले उनलाई सहयोग गर्न थाले । तिनीहरु घरलाई मर्मत गर्न र विद्यालय बनाउने काममा लाग्न थाले ।

सालभरको मेहनतपछि रविको सपना साकार भयो । गाउँमा एउटा नयाँ विद्यालयको सुरुवात भयो । विद्यालयको उद्घाटनको दिन गाउँका सबै मानिसहरु भेला भए । गाउँका बालबालिकहरु निकै खुसी थिए । रवि त झन खुसी नहुने कुरै थिएन । उनले सबैलाई धन्यवाद दिए र भन्न थाले, “यो केवल मेरो सपना होइन, यो हामी सबैको सपना हो । हामीले हाम्रो बालबालिकहरुको भविष्यको लागि यो विद्यालय बनायौँ ।”

विद्यालयले राम्रो प्रगति गर्न थाल्यो । बालबालिकहरु यहाँ पढ्न आउने र नयाँ कुरा सिक्न थाले । रविले शिक्षकहरुको नियुक्ति गर्यो र उनीहरुको लागि आवश्यक सामग्री जुटाउने काम गर्न थाल्यो । विद्यालयमा बालबालिकहरुको उत्साह हेर्न लायक थियो । उनीहरुले खेल्ने, पढ्ने र नयाँ ज्ञान प्राप्त गर्ने अवसर पाएका थिए ।

समय बित्दै गयो र गाउँमा एउटा ठुलो समस्या आयो । एक दिन गाउँमा ठूलो वर्षा भयो र बाढीले विद्यालयको भवनलाई क्षति पुर्यायो । यो समाचार सुनेर रवि निकै दुःखी भए । उनले सोचे, “मेरो सपनाको यहीँ अन्त्य हुने भयो ।” तर उनका साथीहरुले उनलाई हिम्मत दिए । उनीहरुले भने, “रवि, हामीले एक साथ मिलेर यो विद्यालयलाई फेरि बनाउनेछौँ ।”

रविले सोचे कि उनले हार मान्नु हुँदैन । उनले गाउँका मानिसहरुलाई एकत्रित गरेर पुनः निर्माणको लागि योजना बनाउन थाले । उनले एकदिन सबैलाई आफ्ना आफ्ना नयाँ योजनाहरु तथा उपायहरुबारे छलफल गर्न चौतारामा बोलाए । उनीहरुले स्कूलको लागि चन्दा सङ्कलन गर्न र नयाँ सामग्री जुटाउन थाले ।

सबैको सहयोग र मेहनतले विद्यालय पुनः बन्यो । यसपटक विद्यालयलाई अझ बलियो र सुरक्षित बनाइएको थियो । बालबालिकहरु फेरी विद्यालय जान थाले र रविको खुसी फेरि फर्कियो । उनले थाहा पाए कि सपना साकार गर्नको लागि केवल इच्छा मात्र छैन, कठिन परिश्रम र सबैको सहकार्य पनि आवश्यक छ ।

गाउँका मानिसहरुले रविलाई सम्मानित गरे । उनीहरुले भने, “तिमीले हाम्रो भविष्यलाई उज्यालो बनाएको छौ रवि ।”

गाउँलेका कुरा सुनेर रविले भने, “यो केवल मेरो मेहनतले गर्दा मात्र सम्भव भएको होइन, यो सबैको सहयोगको परिणाम हो ।”

समयसँगै सपना गाउँका बालबालिकहरु शिक्षित भए । केही बालबालिकहरुले उच्च शिक्षा प्राप्त गरे । रविको सपना र मेहनतले गाउँमा शिक्षामा नयाँ लहर ल्याएको थियो । सबैले बुझे कि सपना केवल सोचेर मात्र पूरा हुँदैन त्यसलाई पूरा गर्न हिम्मत नहारीकन निरन्तर प्रयास पनि गर्नुपर्ने रहेछ ।

रविको विद्यालय अहिले पनि चलिरहेको छ । उनी अहिले पनि सपना गाउँमा बस्छन् र विद्यालयको प्रधानाध्यापकको रुपमा काम गर्छन् । उनको विद्यालयले गाउँका हजारौं बच्चाहरुको भविष्य उज्यालो बनाइरहेको छ । रवि अहिले पनि प्रधानाध्यापकको रुपमा काम गर्दै नयाँ पिढीलाई प्रेरित गर्दै छन् । यसरी रविको सपना र मेहनतले केवल उनलाई मात्र होइन, सम्पूर्ण गाउँलाई उज्यालो भविष्यको बाटोमा लैजान मद्दत गरेको छ र सपना गाउँ सधैंँ आफ्ना सपनाहरुलाई साकार गर्न चाहने सबैका लागि एक प्रेरणाको रुपमा रहिरहनेछ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children