Skip to main content

इच्छाशक्ति

तेजस्वी सुवेदी

कक्षा : आठ (बबई)

सृजनालाई पढ्न सारै रहर लाग्थ्यो । उनी सानैदेखि धुलामा अक्षर कोर्दै दिन बिताउँथिन् । उनको सानैदेखि स्कुल गएर पढ्ने रहर भए तापनि उनी बस्ने गाउँमा विद्यालय थिएन् । उनको गाउँका धेरै मान्छेहरु अशिक्षित थिए ।

उनीजस्तै पढ्न रहर भएकाहरुलाई गाउँबाट पर पैदल हिँडेर विद्यालय जानुपथ्र्याे । गाउँमा धेरै मानिसहरु त पढ्न नै मन गर्दैनथे । पढाइमा इच्छुकहरुलाई उनीहरु मूर्ख ठान्थे । उनीहरुको पछाडि कुरा काट्थे । त्यो देख्दा सृजनाको मन धेरै रुन्थ्यो ।

सृजनाको पढ्ने तीब्र चाहना उसका आमाबुबा दुबैलाई थाहा थियो । उनको त्यो चाहनालाई दुवैजनाले हौसला दिनुहुन्थ्यो । सृजना सात वर्षकी भएपछि बल्ल उनको त्यो चाहना पूरा भयो । घरकी एकमात्र छोरी साथै विद्यालय धेरै टाढा भए पनि उनका आमाबुबाको साथले गर्दा उनलाई विद्यालयमा भर्ना गरियो । उनी विद्यालय गएर पढ्न पाउँदा धेरै खुसी र उत्साहित भइन् । उनी आफ्नो गाउँबाट विद्यालय गएर शिक्षा हासिल गर्ने पहिलो केटी भइन् ।

गाउँलेहरुले उनका आमाबुबालाई छोरी पढाएर के नै ठूलो कुरा गर्यो र भन्थे । छोरो भएको भए पनि कुरा ठिकै थियो । छोरी त बिहे गरेर गएपछि पराई हुन्छे । यिनीहरुले छोरी पढाएको व्यर्थ खेर गयो भन्थे ।

उहाँहरुलाई यस्तो कुरा सुन्दा निकै दुःख लाग्थ्यो तर पनि उहाँहरुलाई आपूmले गरेको काममा कुनै पछुतो थिएन यद्यपि गाउँलेहरुका यस्ता नचाहिने कुराहरुले छोरीको पढाइमा असर पर्छ कि भन्ने सृजनाका आमाबुवालाई ठूलो डर थियो । सकेसम्म यस्ता कुराहरु लुकाउन खोज्थे तर सृजनालाई थाहा थियो त्यो गाउँका मानिसहरु तितो बोली भएका थिए ।

एक दिन सृजना नुहाएर पारिलो घाममा बसिरहेकी थिइन् । आमाबुबा पनि गफ गरेर बसिरहनुभएको थियो । सृजनाले आमाबुवाको नजिक गएर भनिन्, “आमाबुवा, मैले गर्दा तपाईंहरुले मानिसहरुका कति धेरै कुरा सुन्नुहुन्छ । कति धेरै दुःख गर्नुपर्छ । त्यसैले म ठूलो भएपछि तपाईंलाई यो ठाउँबाट पर अन्तै लानेछु ।”

छोरीको यस्तो कुरा सुनेपछि आमाले भन्नुभयो, “यस्तो भन्नु हुन्न छोरी, तिमी त हाम्री छोरी हौ । हामीले तिम्रा लागि नगरे कसका लागि गर्ने त ?”

“हो छोरी तिम्री आमा ठिक भन्दै छिन् । तिमीलाई पढाउनु त हाम्रो कर्तव्य हो । हाम्रो गाउँमा धेरै मानिसहरुमा अशिक्षाका कारण सही गलत छुट्याउने शक्ति छैन । त्यसैले उनीहरु पढाइको महत्व पनि बुझ्दैनन् । अब उनीहरुको सोचाइमा परिवर्तन तिमीले ल्याउनुपर्छ । यहाँबाट सर्नु भनेको समस्यादेखि भाग्नु हो । समस्यासित त जुध्नुपर्छ छोरी” बुबाले भन्नुभयो ।

बुवाको कुरा सुनेर सृजनाको मन चसक्क भयो । बुबाले भनेको कुरा एकदम ठिक हो । मैले यो गाउँ छोडेर अन्तै गएँ भने त यो गाउँ कसरी परिवर्तन हुन्छ ? मैले त गाउँलेहरुको नकारात्मक धारणमा परिवर्तन ल्याउनु पर्छ भन्दै उनी सोच्न थालिन् ।

सृजनाले बुवासित सोधिन्, “हामीले यसका लागि के गर्नुपर्छ होला बुवा ?”

बुवाले भन्नुभयो, “हामीले पहिला त गाउँलेहरुलाई पढ्न प्रोत्साहन गर्नुपर्छ । उनीहरुलाई छोरीका लागि पढाइ महत्वपूर्ण छ भन्ने कुरा बुझाउन जरुरी छ ।”

बुबाको कुरा सुनेर सृजनाले भनिन्, “अनि गाउँमा एउटा विद्यालय भए धेरै जना विद्यालय जान सक्ने थिए । त्यसो भए अब म ठूलो भएपछि हाम्रो गाउँमा एउटा विद्यालय खोल्नेछु, जसले गर्दा हाम्रो गाउँका अरु बालबालिका पढ्नका लागि टाढा जानु पर्दैन ।”

बुबाले खुसी हुँदै भन्नुभयो, “हो, सृजना, तिम्रो सपना साकार होस् ।” सृजनाले मनमनै आफ्नो गाउँमा आफू ठूलो भएपछि विद्यालय खोलेको, गाउँका सबै बालबालिका विद्यालय गएको सपना देख्न थालिन् र त्यो काम पूरा गर्ने अठोट गरिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children