Skip to main content

समाजसेवा

समृद्धजङ अधिकारी

कक्षा : नौ (गण्डकी)

एउटा गाउँमा रामप्रसाद नामका एक इमानदार र समाजसेवी व्यक्ति थिए । उनी सधै गाउँलेहरुलाई सहयोग गर्थे । चाहे त्यो आर्थिक होस् या भावनात्मक गाउँमा कसैको घरमा समस्या आयो भने उनी सधैं अघि सर्थे । उनको यो गुणले गर्दा गाउँलेहरुले उनलाई धेरै माया गर्थे । रामप्रसादको परिवार पनि समाजसेवामा विश्वास गथ्र्यो । उनकी पत्नी राधा छोराछोरीलाई पनि सहयोग गर्न सिकाउँथिन् । रामप्रसादको परिवार गाउँको एक आदर्श परिवारको रुपमा चिनिन्थ्यो ।

एक दिन गाउँमा नयाँ विद्यालय, अस्पताल, र शुद्ध खानेपानीको व्यवस्था गर्ने परियोजना बन्यो। यो योजनाले गाउँको जीवनस्तरमा सुधार ल्याउने विश्वास थियो । गाउँलेहरुले लामो समयदेखि यस्ता सुविधाहरुको अभाव महसुस गरिरहेका थिए । रामप्रसादले यो योजनामा सहभागी हुने निर्णय गरे किनभने उनलाई थाहा थियो कि यसले गाउँको भलाइमा ठूलो योगदान दिनेछ ।

गाउँलेहरुले रामप्रसादलाई परियोजनाको नेतृत्व गर्न अनुरोध गरे र उनले खुसीसाथ जिम्मेवारी स्वीकार गरे । परियोजना सुरु भएपछि गाउँका सबैले आफ्नो तर्फबाट सहयोग गर्न थाले । कतिले आर्थिक सहयोग गरे भने कतिले श्रमदान गरे ।

रामप्रसादले व्यवस्थापनको जिम्मा लिए र हरेक काममा सहभागी भएर सबैलाई उत्साहित गरे । उनले गाउँको विकासका लागि आफूले सम्पूर्ण प्रयास गर्ने वाचा गरे । विद्यालय निर्माणको क्रममा उनले स्थानीय शिक्षकहरुलाई प्रशिक्षण दिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था गरे । विद्यालय सञ्चालनमा आएपछि गाउँका बालबालिका खुसीसाथ विद्यालय जान थाले र गाउँलेहरुमा शिक्षाप्रति प्रति चासो बढ्न थाल्यो । यसले गर्दा गाउँका धेरै अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थाले । बालबालिकाहरुमा पनि पढाइप्रतिको रुचि बढ्यो र उनीहरु नियमित रूपमा विद्यालय जान थाले ।

अस्पताल निर्माणमा पनि रामप्रसादले विशेष ध्यान दिए । गाउँमा स्वास्थ्य सेवाको अभावले धेरै मानिसहरु समस्यामा परेका थिए । गरिब र असहायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले रामप्रसादले काम सुरु गरे । उनले स्वास्थ्यकर्मीहरुसँग मिलेर काम गरे र नयाँ उपकरणहरुको व्यवस्था गराए, जसले गर्दा गाउँलेहरुलाई उपचारका लागि टाढा जानु परेन ।

गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा सबै खुसी भए । एक रात अस्पतालको निर्माणस्थलमा केही चोरहरु छिरे र सामग्रीहरु चोर्न खोजे। रामप्रसादले तुरुन्तै गाउँलेहरुलाई खबर गरे र सबैले मिलेर चोरहरुलाई समाते । यस घटनाले गाउँमा रामप्रसादको प्रतिष्ठा अझ बढायो । उनले कामप्रति सधैं सजग र सतर्क रहनु पर्ने कुरा देखाए, जसले गाउँलेहरुलाई अझै भरोसा दिलायो ।

खानेपानीको समस्या समाधान गर्न रामप्रसादले स्थानीय प्रशासनसँग मिलेर नयाँ पानीका मुहान खोज्न र वितरणको व्यवस्था गर्न लागे । गाउँमा पानीका नलहरु जडान गरिए, जसले गर्दा गाउँलेहरुलाई शुद्ध पानी उपलब्ध भयो । यसले गाउँलेहरुको स्वास्थ्यमा सुधार ल्यायो र पानीका कारण हुने रोगहरुको सङ् ख्या घट्यो । गाउँलेहरु पहिले टाढाबाट पानी बोक्न जानु पर्ने बाध्यता थियो तर अब गाउँमै सहज रुपमा पानी उपलब्ध भएपछि उनीहरुलाई राहतको अनुभव भयो । पानीको उपलब्धताले गाउँको आर्थिक स्थितिमा पनि सुधार ल्यायो किनभने मानिसहरु समय र ऊर्जा बचाएर अन्य आर्थिक क्रियाकलापमा संलग्न हुन थाले ।

विकाससँगै रामप्रसादले गाउँमा नयाँ अवसरहरु सिर्जना गर्न लागे । उनले क्षेत्रमा आधुनिक प्रविधिहरु भित्र्याए र किसानहरुलाई उन्नत बिउबिजन र खेती गर्ने नयाँ तरिकाहरु सिकाए । यसले गाउँलेहरुको उत्पादन क्षमता बढायो र आर्थिक अवस्थामा सुधार आयो । उनले बजारसम्म उत्पादन पुर्याउन सहयोग गरे । जसले गर्दा गाउँलेहरुले उचित मूल्य पाउन थाले । किसानहरुको आर्थिक स्थिति सुधार भएपछि गाउँमा समृद्धि आउन थाल्यो । यसका साथै रामप्रसादले पशुपालन र फलफूल खेतीमा पनि ध्यान दिए । उनले किसानहरुलाई आधुनिक तरिकाले पशुपालन गर्न सिकाए, जसले गर्दा दुग्ध उत्पादनमा वृद्धि भयो । फलफूल खेती पनि गाउँमा नयाँ आयको स्रोत बन्यो ।

गाउँमा महिलाहरुको लागि विशेष कार्यक्रमको आयोजना गरियो । रामप्रसादले महिलाहरुलाई स्वरोजगारमा प्रोत्साहित गरे र सीप विकास तालिमको व्यवस्था गराए । यसमा सिलाई, बुनाई र घरेलु उत्पादनहरुको तालिम दिइन्थ्यो । यसले गर्दा महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर बन्न थाले र समाजमा सकारात्मक परिवर्तन देखिन थाल्यो । महिलाहरुले आफ्नो सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न थाल्दा उनीहरुको आत्मसम्मानमा वृद्धि भयो । यसले परिवारको आर्थिक स्थितिमा पनि सुधार ल्यायो । महिलाहरुले गाउँमा सहकारी संस्था स्थापना गरेर आफ्नो उत्पादनहरु बजारसम्म पुर्याउन थाले । यसले महिलाहरुको आर्थिक सशक्तीकरणमा ठूलो भूमिका खेलेको थियो ।

सुरक्षा व्यवस्था मजबुत बनाउन रामप्रसादले गाउँका युवाहरुलाई सङ्गठित गरे र सुरक्षा टोली गठन गरे, जसले गर्दा गाउँमा हुने चोरी डकैती लगायतका अपराधहरु कम भए । रामप्रसादको नेतृत्वमा गाउँमा शान्ति र सुरक्षा कायम भयो, जसले सबैलाई सुरक्षित महसुस गरायो । सुरक्षा टोलीले गाउँमा नियमित गस्ती गर्न थाल्यो, जसले गर्दा गाउँलेहरुमा सुरक्षाप्रति विश्वास बढ्यो । रामप्रसादले गाउँका युवाहरुलाई खेलकुद र सांस्कृतिक गतिविधिमा पनि संलग्न गराए । उनले खेलकुद प्रतियोगिता आयोजना गरे, जसले गर्दा युवाहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाए ।

खेलकुद प्रतियोगिताले गाउँमा नयाँ उत्साह ल्यायो । युवाहरुले विभिन्न खेलकुद गतिविधिमा भाग लिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याए । सांस्कृतिक कार्यक्रमले गाउँका परम्परा र संस्वृmतिलाई जोगाउन मदत गर्यो । गाउँका सबै उमेर समूहका मानिसहरुले कार्यक्रममा सहभागी भएर मनोरञ्जन प्राप्त गरे । यसले गाउँको सामूहिक भावना बलियो बनायो । रामप्रसादको योगदानलाई सबैले प्रशंसा गरे । उनले समाजका लागि गरेको कामले उनलाई सबैको प्रिय बनायो । गाउँलेहरुको जीवनमा आएको परिवर्तनले रामप्रसादलाई ठूलो सन्तुष्टि दियो । उनको लागि सबैभन्दा ठूलो खुसी नै गाउँको विकास थियो । उनी हामी सबै मिलेर काम गर्दा असम्भव केही हुँदैन भन्थे । उनका यी शब्दले गाउँलेहरुलाई अझ प्रेरित गर्यो ।

रामप्रसादको परिवारले पनि समाजसेवाको भावना अनुसरण गर्यो । उनका छोराछोरीहरुले पनि समाजका लागि काम गरे । उनीहरुले गाउँका अन्य समस्याहरुको समाधानका लागि पनि पहल गरे । यसरी रामप्रसादका आदर्श र मूल्यहरु पुस्तान्तरण हुँदै गए । गाउँलेहरु रामप्रसादलाई असाध्यै माया गर्थे । उनीहरुले गाउँको विकासका लागि गरेको योगदान कहिल्यै बिर्सिएनन् ।

रामप्रसादले समाजमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो जीवन समर्पण गरे । उनले समाजसेवाको महत्वपूर्ण उदाहरण प्रस्तुत गरे, जसले धेरैलाई प्रेरित गर्यो । उनको निधनपछि पनि गाउँलेहरुले उनको योगदानलाई कहिल्यै बिर्सेनन् । रामप्रसादको योगदानले गाउँमा स्थायी परिवर्तन ल्याएको थियो । उनका छोराछोरीहरुले पनि उनको कामलाई निरन्तरता दिइरहे । उनीहरुले गाउँका अन्य क्षेत्रहरुमा पनि सुधारका लागि काम गरिरहे । यसरी रामप्रसादका आदर्श र मूल्यहरु पुस्तान्तरण हुँदै गए । उनको योगदानबाट प्रेरित भएर गाउँलेहरुले पनि आफ्नो जीवनमा परिवर्तन ल्याउन प्रयास गर्न थाले । उनीहरुले रामप्रसादको मार्गदर्शनमा चल्ने निर्णय गरे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children